
नुवाकोट /
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा पनि जाने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।
सरकारले संविधानको रक्षा, विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले जानकारी दिए। उनले अघि भने, ‘फेरि एउटा गठबन्धन बनेको छ, त्यसलाई मध्यनजर गरेर कांग्रेस सरकारमा पनि सहभागी हुने निर्णय गरेको छ ।’
यसँगै संसदको आइतबार बस्ने बैठकमा कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षीय बेञ्चमा सर्नेछ ।