• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    रास्ट्रपति निर्वाचन: कांग्रेसलाई माओवादीको भर एमालेलाई डर


    २०७९ माघ १५, आइतबार

    २०७९ माघ १५, आइतबार

    नुवाकोट /
    आगामी फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मुख्य चार दलबाट आठ आकांक्षी देखिएका छन् ।

    चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न निर्वाचन आयोगले आगामी २५ फागुनमा निर्वाचन तयारी गरिरहँदा सो पदमा चार दलबाट आठ आकांक्षी देखिएका हुन् ।

    प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा (एमाले) र तेस्रो दल नेकपा (माओवादी केन्द्र) र एमालेबाट अलग भएर संसदमा १० सिट जितेको नेकपा (एकीकृत समाजवादी) ले नयाँ राष्ट्रपतिका लागि आ–आफ्ना दाबी गर्दै आएका छन् ।

    कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले इच्छा राख्दै आइरहेका छन् । उनीहरूले सोहीअनुसार आफ्नै दलभित्र र बाहिरसमेत आन्तरिक छलफल तथा भेटघाट तीव्र बनाएका छन् ।
    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    मिल्दो जुल्दो खबर