काठमाडौ /
संसद भवनबाहिर आत्मादाह गर्नुअघि प्रेमप्रसाद आचार्यले फेसबुकमा ६ हजार ३३५ शब्दको एक पोस्टमार्फत नाम लिएका व्यक्तिहरु विरुद्ध जाहेरी दर्ता भएको छ।अधिवक्ता स्वागत नेपालले बिहीबार काठमाडौं प्रहरी परिसरमा आचार्यले नाम लिएका व्यक्तिहरुविरुद्ध जाहेरी दिएका हुन्।

इलामको सूर्योदय नगरपालिका-११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार संसद भवनअगाडिको नयाँबानेश्वरस्थित सडकमा आत्मदाहअघि फेसबुकमा नाम लिएका व्यक्तिविरुद्ध आत्माहत्या दुरुत्साहनमा जाहेरी दर्ता गरिएको छ।

आत्माहत्या दुरुत्साहनको कसुरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

मंगलबार संसद भवनबाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार बिहान कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय