नुवाकोट/
जिल्ला भित्रका केही पालिकाले जग्गाको बर्गीकरण गरेसंगै कित्ताकाट आंशिक रुपमा खुलेको छ। नुवाकोटका १२ वटा पालिकामध्ये चारवटा पालिकाले जग्गाको वर्गीकरण गरेपछि जिल्ला मालपोत कार्यालय नुवाकोटले कित्ताकाट सुरु गरेको हो ।

विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका र म्यागङ गाउँपालिकाले सरकारले जग्गा वर्गीकरण गर्न दिएको सीमाभित्रै जग्गा वर्गीकरण गरेका छन् ।

सरकारले पुस २२ गतेसम्म जग्गा वर्गीकरण गर्न स्थानीय तहलाई समय–सीमा दिएको थियो ।यद्यपि जग्गा वर्गीकरण गरेका चार स्थानीय तहले पनि भूउपयोग नियमावली अनसार न्यूनतम नौवटा क्षेत्रमा वर्गीकरण गर्नुपर्नेमा कृषि र गैरकृषि गरी दुई वर्गमा मात्र जग्गाको वर्गीकरण गरेका छन् ।

नियमावलीमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपभोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रमा जग्गाको वर्गीकरण गर्नपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय