• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    राप्रपालाई तीन मन्त्रालय: लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्दै


    २०७९ पुष २९, शुक्रबार

    २०७९ पुष २९, शुक्रबार

    नुवाकोट /
    सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा उर्जामन्त्री पाउने सहमति भएको छ ।बिहीबार भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा राप्रपालाई उपप्रधानसहित उर्जा मन्त्रालय दिने सहमति भएको हो ।

    त्यस्तै गरी बिहीबारको बैठकमा मन्त्रालयको अन्य भागठबण्डाका विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको बुझिएको छ ।

    त्यस्तै राप्रपालाई अन्य २ मन्त्रालय पनि दिइने छ ।यो अवस्थामा राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङ्देन उपप्रधान तथा उर्जामन्त्री बन्नेछन् ।

    मिल्दो जुल्दो खबर