नुवाकोट /
वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत नुवाकोटका सन्तोष तामाङले शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगितामा गोल्ड ट्रफी,गोल्ड मेडल ,ब्रोन्जी ट्रफी र सिल्भर १ विथ फर्स्ट प्लेस जित्न सफल भएका छन् ।

तामाङले मकाउ बडी बिल्डिङ एसोसेसनले गत अक्टोबर ११मा आयोजना गरेको खेलमा मकाउ, चीन, फिलिपिन्स लगायतका खेलाडीहरू सहभागी खेलमा ८० के.जी. तौलमा समुहमा तृतीय,१७० क्लासिक फिजिक्स तथा उचाइमा प्रथम(गोल्ड मेडल विथ गोल्ड ट्रफी) ,अक्टोबर ९ मा मकाउ र चाइनाको संयुक्त आयोजनामा आइरन गेम बडी बिल्डिङ तथा फिट्नेस चम्पियानसीप मकाउको अहिले सम्मकै बृहत् अनि उत्कृष्ठ खेलमा ८० के. जी. क्याटेगरीमा चौथो,१७० क्लासिक फिजिक्स तथा उचाइमा तेश्रो , सेप्टेम्बर १६ मा मकाउ र फिलिपिन्सको संयुक्त आयोजनामा फिलिपिन्स बडी बिल्डिङ तथा फिट्नेस एसोिएसनद्धारा आयोजना गरेको गेममा ७५ के. जी. मा द्वित्तिय,१७० क्लासिक फिजिक्स तथा उचाइमा तृत्तिय स्थानको उपाधि जितेको हुन्।

उक्त खेलमा मकाउ, चाइना, फिलिपिन्स र नेपाल गरी चार देशका १५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो।
आउदा दिनहरुमा अझै उत्कृष्ट खेलहरु प्रदर्शन गरी देश लाई नै विश्वसामु चिनाउने र भविष्यमा आफ्नो गाउँ ठाउँको भाइहरूलाईनी आफू जस्तो अगाडि बढ्न प्रेरणा दिई अगाडि बढ्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता खेलाडी तामाङले गरेको छ।

साबिक कल्याणपुर -२ (बिदुर-१३ ) घर भएका तामाङ वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत रहेका छन् ।ड्युटी संगै शारीरिक सुगठन निरन्तर अभ्यासरत उनको सफलतालाई देशकै गौरवको रुपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय