म्यागङमा जारी प्रथम बागमती प्रदेश स्तरिय कराते प्रतियोगिता २०७९ सम्पन्न

खेलकुद वागमती समाचार

नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका वडा नं -५ मा सामरी कल्लाबारी डोजोद्वारा आयोजित प्रथम बागमती प्रदेश स्तरिय कराते प्रतियोगिता सम्पन्न भएको छ। २ दिनसम्म जारी उक्त प्रतियोगिता म्यागङ गाउँपालिकाका प्रमुख आशा तामाङको प्रमुख आतिथ्यतामा आज बुधबार समापन गरिएको हो।

उक्त प्रतियोगितामा १३ स्वर्ण, १० रजत र १७ कास्य सहित नुवाकोट प्रथम बनेको छ। त्यस्तै ४ स्वर्ण र ४ कास्य सहित सिन्धुपाल्चोक दोस्रो बनेको छ भने ३ स्वर्ण १ रजत र ८ कास्य सहित काठमाडौ तेस्रो बनेको छ।

विशिस्ट अतिथि म्यागङ गाउँपालिका उपप्रमुख सीता तामाङ र बिशेश अतिथी म्यागङ -५ का वडा अध्यक्ष जितबहादुर तामाङ लगायतका अन्य अतिथीहरुको उपस्थिति रहेको थियो।

त्यस्तै उक्त प्रतियोगितामा धादिङ अनुशासित टिम बन्न सफल भएको छ। बेस्ट प्लेयर पुरुष तर्फको अभिषेक तमाङ (ललितपुर) र महिला तर्फको बेस्ट प्लेयर रुकशना दुवाल (भक्तपुर) बन्न सफल भएको छ भने राइजिङ स्टार रोजिना तामाङ (धादिङ) बन्न सफल भएको खेल संयोजक तथा सामरी कल्लाबारी डोजोका प्रशिक्षक गणेश तामाङले बताए।

त्यस्तैगरी, खेल संयोजक गणेश तामाङले सामरी युवा क्लबले सामरी कल्लाबारी डोजो नुवाकोटलाई पुर्याएको महत्त्वपूर्ण सहयोग र भुमिकाको सराहना गर्दै धन्यवाद समेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *