• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    भोलिदेखी देशैभर टाइफाइड खोप अभियान शुरु


    २०७८ चैत्र २४, बिहिबार

    २०७८ चैत्र २४, बिहिबार

    काठमाडौं /
    भोलिदेखि देशैभर टाइफाइड खोप अभियानको शुरु हुँदैछ जस्को शुभारम्भ प्रधानमन्त्री शेरबहादुर देउवाले आज गरेका हुन् ।

    रानीपोखरीस्थित दरबार हाइस्कुलमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन् ।

    सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइडमा पनि सफलता पाउने विश्वास व्यक्त गरे ।उनले यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने उल्लेख गरे ।

     

    मिल्दो जुल्दो खबर