साउदी ।

केही दिन देखी बिरामी अबस्थामा समाजिक संजालमा भिडियो भाइरल भएका एक नेपालीलाई उद्वार गरि नेपाल फर्काइयो भन्ने खबर झुठो रहेको पाइएको छ। अहिले बिरामी जेद्वामा  रहेका र उनको उद्वारका लागी दूतावास तथा संघसंस्थालाई पहल गरिदिन अनुरोध गरेको छ ।

 

उनलाई पहिला स्वास्थ्य उपचारको आबस्यकता रहेको प्रत्यक्ष भेट गरेका साउदी अरेबिया हामी नेपाली ग्रुपका एडमिन सिके चुदालीले जानकारी दिनु भएको छ।

 

जाजरकोटको भेरि नगरपालिका राउत गाउँका आयुश राना २५ महिना अघि न्यु वल्ड ओभर्जिस काठमाडौबाट साउदीको जेद्वा आएका थिए। उनी कार्यरत कम्पनीले इकमा पनि नदिएको कन्ट्र्याक्ट सकिदा समेत नेपाल पनि नपठाएकोले काम छोडेर बसेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x