
नुवाकोट /
“दोश्रो शहीद प्रतिमा स्मृति” पुरुष भलिबल प्रतियोगिता १४ गतेदेखी म्यागङ ४ किम्ताङमा शुरु हुने भएको छ।प्रथम पुरस्कार ६० हजार रहेको उक्त प्रतियोगिता यहि माघ १४ गतेदेखि १९ गतेसम्म संचालन हुनेछ ।
द्वितिय पुरस्कार ३० हजार प्रमाण पत्र मेडल , ट्रफी ,तृतीय पुरस्कार १५ हजार साथै सान्त्वना पुरस्कार ५ हजार र प्रमाण पत्र रहेको छ भने प्रवेश शुल्क ५ हजार तोकिएको छ।
यस प्रतियोगिताको आयोजक शहिद प्रतिमा स्मृति बहुउद्देश्यीय सहकारी संस्था लि .रहेको छ।