• कार्तिक ९, २०८३ आइतबार
    25 Oct, 2026, Sunday

    त्रिशुली अस्पतालका ३० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि


    २०७८ माघ ४, मंगलबार

    २०७८ माघ ४, मंगलबार

    कोलनी/
    त्रिशुली अस्पतालका ३० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालले सोमवार राती एक विज्ञप्प्ती जारी गर्दै अस्पतालका विशेषज्ञ चिकित्सक सहित ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    एकैदिन अस्पतालका विशेषज्ञ चिकित्सक सहित ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालको स्त्री तथा प्रसुति रोग विभाग अर्काे सुचना जारी नभएसम्म बन्द रहने अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

    पाण्डेका अनुसार अस्पतालका स्त्री तथा प्रसुति रोग विभागमा कार्यरत तीनैजना विशेषज्ञ चिकित्सहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    अस्पतालमा सोमवार ९४ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमितमध्ये ३० जना त्रिशुली अस्पतालका स्वास्थ्यकर्मी रहेका छन् भने अन्य ५ जना शिवपुरी गाउँपालिकाका रहेका छन् ।

     

    मिल्दो जुल्दो खबर