आजको पञ्चाङ्ग

वि.सं. पौष ३०, २०७८ । ई.सं. 14 Jan, 2022 ।शक संवत् १९४३ । नेपाल संवत् ११४२ पोहेलाथ्व । राक्षस । दक्षिणायन । हेमन्त । शुक्रवार । पौष शुक्लपक्ष । तिथि – द्वादशी , २२:४२ बजे उप्रान्त त्रयोदशी । नक्षत्र – रोहिणी , २१:१० बजे उप्रान्त मृगशिरा । योग – शुक्ल, १४:५९ बजे उप्रान्त ब्रह्म । करण – वव ९:३८ बजेदेखि वालव , २२:४२ बजे उप्रान्त गर । चन्द्रराशि – वृष । आनन्दादि योग – मित्र । दिनमान २६।१६ । सूर्योदय ६:५८ । सूर्यास्त १७:२८ । मुस्याडुलि ।

आजको राशिफल :- 

मेष 
स्वास्थ्य-चिन्ताले अध्ययनमा बाधा हुनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ । तर, नयाँ काम थाल्न उचित समय पर्खनुहाेला । आफ्नाे लाभांशमा अरूले दाबी गर्न सक्छन् । अवसर प्राप्त भए पनि केही चुनाैती सामना गर्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउन सक्छन् ।

मेष राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ११ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

बृष 
व्याहारिक अलमलले काममा बाधा पुर्याउन सक्छ । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूबाट धाेका पाइनेछ । दोहोर्याएर प्रयत्न गर्दा पहिले रोकिएको काम बन्न सक्छ । हतारको निर्णयले समस्या निम्त्याउनेछ । अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।

बृष राशिको लागि शुभ कलेजी रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

मिथुन
विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ । नयाँ योजनाका साथ नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । हिम्मतले जटिल कामसमेत सम्पादन गर्न सकिनेछ । मेहनतले दैनिकीमा परिवर्तन आउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

मिथुन राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

कर्कट
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउला । सावधानीले मात्र कार्यसिद्धि हुनेछ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने सामान्य फाइदा भइरहनेछ ।

कर्कट राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

सिंह
रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ ।

सिंह राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पश्चिम दिशा शुभ हुनेछ ।

कन्या 
अवसरका लागि दौडधुप गर्नुपर्नेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छिमेकमा असमझदारी बढ्नेछ । आफन्तबाट टाढा रहनुपर्ला । आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ । सानो कामलाई अधिक खर्च हुनेछ । अर्थ अभाव टार्न कर्जा लिनुपर्ला ।

कन्या राशिको लागि शुभ हरियो रंग शुभ हुने छ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

तुला
आंशिक लाभांश अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ । तापनि परिश्रमको फल प्राप्त हुने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । दिगो काममा लगानी गर्ने मौका छ । तर उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । पहिलेकाे नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

तुला राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने ६ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

वृश्चिक
विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ । कर्तव्यपरायण रहनुहोला । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेत गर्दा कार्य सिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउनेछ ।

वृश्चिक राशिको लागि शुभ खैरो रंग शुभ हुनेछ भने ९ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

धनु 
आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । लगनशीलताले मात्र आंशिक सफलता प्राप्त हुनेछ । अरूको उपकार गर्न सकिनेछ । उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ ।

धनु राशिको लागि शुभ रातो रंग शुभ हुने छ भने ४ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

मकर
कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ । मिहिनेतकाे प्रतिफल भने प्राप्त हुनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग पाइनेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला ।

मकर राशिको लागि शुभ पहेलो रंग शुभ हुने छ भने ५ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि दक्षिण दिशा शुभ हुनेछ ।

कुम्भ
विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । घुमफिर तथा मनोरञ्जनकाे समय छ । पहिलेको सफलताले हौसला जगाउनेछ भने काममा साथ दिनेहरू फेला पर्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ ।

कुम्भ राशिको लागि शुभ सेतो रंग शुभ हुने छ भने १ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि पुर्व दिशा शुभ हुनेछ ।

मीन
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । सहयोगीहरू जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । लामो यात्राको प्रक्रिया पनि अघि बढ्नेछ । प्रयत्न गर्दा स्रोतसाधन जुटाउन सकिनेछ । पछिका लागि लगानी गर्नुपर्ने समय छ । खर्च लागे पनि उपलब्धिले दिन उत्साहजनक रहनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

मीन राशिको लागि शुभ गुलावी रंग शुभ हुने छ भने ७ नम्बर शुभ हुनेछ । कुनै कार्य वा यात्राको गर्नको लागि उत्तर दिशा शुभ हुनेछ ।

राशिफल लेखक :- ज्यो. पं युवराज अधिकारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय