मुगु।
दशैं मनाउँन घर फर्केकाहरु मुगुको छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनामा पर्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २४ जनाको घटनास्थलमा नै र अन्य ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै घटनास्थलबाट उद्दार गरेर उपचारका लागि लैजाने क्रममा थप ४ जनताको ताल्चा विमानस्थलमा मृत्यु भएको छ । मृत्यु भएकाहरु मध्ये १४ जनाको सनाखत हुन सकेको छैन् ।

दुर्घटना स्थलबाट उद्दार गरि बाँकेको नेपालगञ्ज पुर्याइएका चारजना उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जमा २ वटा हेलिकप्टरबाट उद्दार गरि पुर्याइएका १५ जनाको उपचार भइरहेको छ ।

चार जनाको भने उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा ताल्चा विमानस्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।घटनास्थल छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँ (झ्यारीखोला) मा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको थियो।घटनास्थलमा मृत्यु हुनेहरुमा १६ पुरूष, ७ महिला र १ बालक छन् ।

नेपालगञ्जबाट मुगुको लागि छुटेको उक्त गाडी भिरालो खण्डमा सडक भन्दा २ सय मिटर तल खसेको थियो ।३ जना यात्रु गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको कारण बचेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x