बर्दिया।
सोमबार दिउँसो निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका -४ ढुकुनियामा पाटे बाघले ४० वर्षका जनकबहादुर थारुलाई आक्रमण गरेर बेपत्ता बनाएको निकुञ्ज प्रशासनले जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाका अनुसार सोमवार दिउँसो गेरुवा नदी किनारमा भैँसी चराउन गएका थारुलाई एक्कासी बाघले आक्रमण गरेर बेपत्ता बनाएको हो।

थारुलाई बाघले घिसार्दै जंगलतिर लगेपछि उनी फेला परेका छैनन्। थारुलाई बाघले लगेलगत्तै बर्दिया निकुञ्जका चारवटा हात्तीसहितको टोलीले उनको खोजी गरिरहे पनि फेला पार्न नसकिएको थापाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x