समिता शाक्य
देउडी,नुवाकोट।
विदुर-१३को डेउडी युथ क्लबले विजया दशमी तथा दिपावलीको पावन अवसरमा फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ।

आगामी असोज २२ गते देखि देउडी युथ क्लबले फुटबल प्रतियोगितामा इच्छुक स्थानीय खेलाडीहरु लाई सहभागीता हुनलाई हार्दिक निमन्त्रणा गरेको छ| बिदुर -१३ स्थानीयहरुले सहभागीता जनाउन पाउने क्लबले जनाएको छ।

क्लबले टिम दर्ता लागी मिति : २०७८/०६/१४ देखि २०७८/०६/२० समय सिमा तोकेको छ भने टिम दर्ताको लागि शुल्क : रु . २००० लाग्ने जनाएको छ। टिम दर्ता आउदा खेलाडीले आफ्नो परिचय खुलाउने सरकारी कागजात पत्र र हालसालै खिचेको फोटो -१ सहित आयोजकलाई बुझाउनु पर्ने छ।

खेल डेउडी खेलकुद मैदान हुनेछ ।खेलाडी संख्या ११ र खेलमा समाबेश हुने संख्या -७ जना मात्र हुनेछ खेलमा समाबेश हुने खेलाडीहरुले खेलकुद पोशाक ( जुत्ता , मोजा , पन्जा , प्याड , जर्सी ) अनिवार्य लगाउनु पर्ने जानकारी गराएको छ।

खेल सम्बन्धि निम्न ब्यक्तिलाई समपर्क राख्न सकिने जानकारी गराएको छ।
धिरज तामाङ : ९८४९५६१७७१
मेघ तामाङ : ९८४६८१६४८०
निरज तामाङ : ९८६०९०१०६६
सुरज तामाङ : ९८६०३८७६९३
अमर तामाङ : ९ ८४३९६२९९३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x