काठमाडौ /
नेपालमा एक वर्षमा करिब ४१ अर्बको मोबाइल आयात भएको छ ।एक वर्षको अवधिमा ४० अर्ब ८९ करोड ३६ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो ।

नेपालमा पछिल्लो समयमा महँगा मूल्यको स्मार्टफोनको प्रयोग उच्च दरमा बढ्न थालेको छ ।स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति चुलिंदो छ ।तर, उच्च दरमा माग बढेपछि सरकारले अहिले ३०० डलरभन्दा बढी मूल्यका स्मार्ट फोनको आयातमै रोक लगाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ५७ लाख ६३ हजार वटा फोन नेपाल भित्रिएको छ। त्यसमध्ये १ लाख ७६ वटा सेट महँगा स्मार्ट फोन हुन् ।२ अर्ब ८२ करोड मूल्यमा महँगा समार्ट फोन नेपाल भित्रएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। १२ महिनामा भन्सार विभागले मोबइल फोनबाट ६ अर्ब ५४ करोड भन्सार राजस्व पनि असुल गरेको छ ।

२०७७/७८ मा ३६ अर्ब ९० करोड मूल्यको ७० लाख ३० हजार मोबइउल सेट नेपालमा आयात भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय