काठमाडौ /
बुधबार बिहान १० बजे एक अज्ञात व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८ वटा बम राखिएको भन्दै फोन गरेका थिए। अहिले ती फोन गर्ने व्यक्तिको खोजी कार्य सुरु भएको छ ।

सुचना पाए लगत्तै नेपाली सेनाले तालिम प्राप्त कुकुरको टोली सहित सबै स्थानमा जाँच गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि फोन गर्ने व्यक्तिको खोजी कार्य सुरु गरिएको हो ।

फोन नेपालभित्रबाटै आएको हुनाले उक्त समयमा फोन आएको सबै नम्बरहरूमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।फोन विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयको ‘ल्यान्डलाइन’ नम्बरमा आएको थियो ।

सुचना पाए लगत्तै विमानस्थलमा रहेका करिब दुई हजार यात्रुलाई बाहिर निकालिएको थियो ।अहिलेसम्म आन्तरिक उडान सञ्चालन भएको छैन ।

यो पनि- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ ।

बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ ।बम राखेको हल्लाले अवरोध भएको विमानस्थल भर्खरै खुलेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर जानकारी दिनुभयो ।बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय