
नुवाकोट /
तामाङ गित संगितमा लामो समयदेखी आवद्ध पञ्चमान तामाङ (शैलाप वाइवा)को शब्द, संगित र स्वरमा ३ सय भन्दा धेरै गितहरु रेकर्ड भएका छन। झण्डै दुई दशक लामो यात्रा उन्ले यति धेरै गितहरु शिखर चुमेका हुन।
तिक्ष्ण दिमाग, मिलनशिल स्वभाव र सरल पहिचान बनाएका तामाङ नुवाकोट ,धादिङ र रसुवामा चर्चित कलाकारका रूपमा परिचीत छन।
उनका नेपाली लोकदोहोरी गितहरु पनि दुई दर्जन जति छन जस्तै: साउदी अरब, गेटमा फुलमाला, रुमाल हल्लादै,राइफल छोडिदेउ,हुलाकी दाइ,माया नम्बरी,डाडैमा वर पिपल,हे सानू,निम्तो सुपारी, गोरिमा गोरि ओइ पेन्बी,गालैमा डिम्पल,सुन्तली मैच्याङ, दौँतरी ,काठैको ढोका, सेलो जुहारी आदि चर्चित छन।
त्यसैगरी तामाङ गितहरुमा: वाला गल्बन्दी,वाला ग्रम्बरी,किम्ताङ नम्स, कान्छी माया, रेन्चा थारा, बैदर हुलाकी,मखमली चोली,सुन्तलाको रस,स्यामा गुनेरी, जोडी परेवा,ज्यो ज्यो आले,काउले नम्स, सेल्ले नम्स, दोलेप नम्स, लगायत ३०० भन्दा धेरै तामाङ गीतहरु रहेका छन् ।
कतार ,इराक र दुबाइको भ्रमण गरिसकेका तामाङ सांगितिक क्षेत्रमा केही नयाँपन र केही नयाँ अनुहार भित्र्याउन सक्रिय छन।
नुवाकोट जागरणसंगको कुराकानीका आधारमा तयार पारिएको।