चितवन/
जिल्लाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दोहोरिने तयारीका लागि राजीनामा दिएकी छन्। पाँच दलीय गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रबाट टिकट पक्का गरेपछि उनले शुक्रबार प्रमुख पदबाट राजीनामा दिएकी हुन्।
२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसको साथ लिएर उनी माओवादीबाट निर्वाचित भएकी थिइन्।
उनले ४३ हजार १२७ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए।