उदयपुर /
जिल्लामा विद्यालय जाँदै गरेकी किशोरीको मंगलबार बिहान बाटैमा हत्या भएको छ। बेलका नगरपालिका वडा नम्बर-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको अतिरिक्त कक्षा लिन घरबाट निस्किएपछि हत्या गरिएको हो।

उक्त विद्यालयको १० कक्षाकी छात्रा कविताको शव बुधबार बिहान विद्यालय गइरहेका बेला स्थानीय यशोदा खोलामा हत्या भएको प्रधानाध्यापक सूर्यनारायण साहले जानकारी दिएका छन्।

‘विद्यालयमा नियमति अध्ययनरत छात्राको बाटैमा भएको यो क्रुर र हिंस्रक घटनाको हामी भर्त्सना गर्दछौँ’, साहले भनेका छन्, ‘यसले आमनागरिक र विशेष गरी बालबालिहरुको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्धन हुन नसकेको देखिएको छ। यसतर्फ ध्यान दिन सरोकारवालासँग आग्रह गर्दछौँ।’

कविताको गाउँबाट विद्यालयसम्म पुग्ने बस्ती नभएको आधा घण्टाको बाटोमा हत्या भएको हो। साहले घटनालाई लिएर छानबिन गर्न पनि प्रहरीसँग माग गरेका छन्।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x